मामाघर नेपाल मकवानपुरलाई सहयोग
मकवानपुर । मामाघर नेपाल मकवानपुरलाई कपडा र खाद्यान्न सहयोग गरिएको छ । शनिबार नेपाल पारा भेटेरिनरी एसोसियसन मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित मामाघर नेपाललाई कपडा र खाद्यान्न सहयोग गरेको हो । पारा भेटेरिनरीले मामाघरलाई तन्दा २५ थान, तकियाको खोल २५ वटा, तकिया ६ वटा, गलैँचा १२ वटा र बिस्कुट ५ कार्टुन गरी अन्दाजी ३० हजार रुपैयाँ बराबरको सामान सहयोग गरेको जनाएको छ ।
एसोसियसनका अध्यक्ष कुमार खड्का, उपाध्यक्ष उत्तम अधिकारी, सचिव श्याम ढकाल, कोषाध्यक्ष सृजना सुर्खेतीलगायतको उपस्थितिमा उक्त सामान हस्तान्तरण गरिएको मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले बताए । स्थानीय दान चन्दा र सहयोगमा संचालित मामाघर नेपाल सडक बालबालिकामुक्त बालमैत्री समाज निर्माण गर्न कृयाशिल रहेको सामाजिक संस्था हो ।

