स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७८ असार ६, आईतवार ०९:११

मकवानपुर । नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरको ९ औं स्थापना दिवसको अवसरमा हेटौँडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेको छ ।

चामल, पिठो, चिनि,चियापति, नुन, तेल, आलु खोर्सानि, मसला आदी पाँच हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो ।

यसै कार्यक्रमबीच मकवानपुर उद्यँेग वाणिज्य संघका पुर्व महासचिव महेन्द्र राउतले आफ्नो घरमा रहेको व्यवसायिलाई कोभिडका कारण लगाईएको निषेधाज्ञा अवधिभर १ महिना बराबरको ७० हजार रुपैयाँ बराबरको रकम छुटको घोषणा गरेका छन ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष नमराज न्यौपाने, अध्यक्ष पवन कु. भगत, बरिष्ठ उपाध्यक्ष समीर डङ्गगोल, सचिव कन्चन राज भन्डारी, जुत्ता चपल व्यवसायी अध्यक्ष रामहरि न्यौपानेलगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*