मकवानपुरमा थप २४६ जना कोरोना संक्रमित थपिए, कहाँ कति ?

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १६:१९
filr-photo

मकवानपुर । मकवानपुरमा थप २४६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (बुधबार) एकैदिन २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३३७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १९२ जनाको पीसीआर परीक्षण गर्दा १५५ जनामा र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १६४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, थाहानगरपालिकाका २० जना, मकवानपुरगढी गाउँपालिकाका १४ जना, मनहरी गाउँपालिकाका ३८ जनार बकैयाको १० जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १६ हजार ५ सय ५३ जना पुगेको छ ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने ६ जना नै हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ५६ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १७० जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय २२ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।