देशभर थपिए ८०५ कोरोना संक्रमित, भए ९४२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ । तीमध्ये हालसम्म ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन् भने ११ हजार २०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको मनत्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, कुल संक्रमितमध्ये १५ हजार ९४२ सक्रिय संक्रमित छन् । हाल १४ हजार ७ सय २८ जना होमआइसोलेशनमा र १ हजार २१४ जना संस्थागत आइसोलेशशनमा रहेका छन् । ४२ जना क्वारेन्टाइन, ३२९ जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
