हेटौंडा–११ मा रक्तदान कार्यक्रम सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तादान कार्यक्रमको आयोजना गरेको छ । संस्थाले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । जसमा ४ महिला र ३१ जना पुरुष रहेका थिए ।
कार्यक्रममा रक्त सञ्चार केन्द्रका विष्णु रिमाल, वडा सदस्य जुना दाहाल, रेडक्रस सोसाइटी वडा ११ का अध्यक्ष सुमित्रा काफ्ले, सचिव देवकुमार श्रेष्ठ, सहकारीका कार्यक्रम अधिकृत शर्मिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सहकारीमा हाल २ हजार ९ सय ९९ जना शेयर सदस्य रहेका छन् । संस्थाले २० करोडको कारोबार गर्दै शेयर सदस्यलाई ३० लाखसम्म ऋण लगानी दिँदै आइरहेको संस्थाका कार्यक्रम अधिकृत शर्मिला श्रेष्ठले बताइन् ।
