एमालेमा अब कुनै पक्ष छैन – सुवास नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको बताएका छन् ।
एमालेको विघटित एकता कार्यदलका नेताबीचको आजको छलफलपछि नेम्वाङले एमालेमा एउटै पक्ष मात्रै रहेको र त्यो केपी शर्मा ओली नेतृत्वको रहेको बताए ।
यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ । झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले ठोस निष्कर्ष दिएका छैनन् ।
एमाले सचिव गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिए ।
