हेटौँडामा गाइनो हस्पिटल संचालन गर्ने

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १०:४२

मकवानपुर । लायन्स क्लब अफ हेटौंडाले क्लबको स्वामित्वमा रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ कर्राको जग्गामा गाइनो हस्पिटल संचालन गर्ने भएको छ ।

क्लबको आफ्नो ४४ औं पदस्थापना कार्यक्रममा क्लबको योजना सार्वजनिक गरिएको हो ।

क्लबका ववर्ष २०२१/०२२ अध्यक्ष माधव न्यौपानेले हस्पिटलको योजनालाई अर्जुनदृष्टिले हेरेर काम सुरु गर्ने बताए ।

पदस्थापना कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बीटुका निर्वतमान अध्यक्ष शम्भु नकर्मीले मकवानपुरका लायन्सहरुको सामाजिक सेवा साहै उदाहरणीय भएको बताउँदै हस्पिटल बनाउने क्लबको योजना यसअघि नै योजनामा परेको भए पनि हस्पिटल सञ्चालन अनुमति लिन ढिलाइ भएको कारण काम रोकिएको बताए।

मकवानपुरमा लायन्सबादमा लाग्ने व्यक्तिहरु बढेसँगै क्लबको संख्या ४३ पुगेको जानकारी गराउँदै नकर्मीले लकडाउनको कठिन अवस्थमा लायन्सले पुयाएको सेवा अतुलनीय रहेको स्मरण गरे।

कार्यक्रममा क्लब पूर्वअध्यक्ष तथा हस्पिटल निर्माणमा सहयोगी सुदर्शन अधिकारीले गत वर्ष हस्पिटल निर्माणमा व्यक्तिगत्तर्फ बाट ५० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विज्ञान अध्यापन गरे सँगै हस्पिटलको सम्भावना बढेर गएको अधिकारीले बताए।

लायन्स क्लब इन्टरनेसनलबाट प्राप्त सहयोग राशिसमेत गरी करिब डेढ करोडको लागतमा हस्पिटल निर्माण गर्ने लक्ष्य लिइएको अधिकारील बताए । कार्यक्रममा क्लब अध्यक्ष राजु नेपालले आगामी कार्यकालका लागि नियुक्त अध्यक्ष न्यौपानेलाई पद हस्तान्तरण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*