लायन्स क्लब अफ मकवानपुरद्वारा विद्यार्थीलाई न्यानो कपडा
मकवानपुर । लायन्स क्लब अफ मकवानपुरले हेटौंडाको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लबले बढ्दै गएको जाडो मौसमलाई मध्यनजरलाई गरेर बिहीबार हेटौंडा–१ घ्यानसिङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको हो ।
क्लबका अध्यक्ष अमित शर्मा नेतृत्व टोली विद्यालयमै पुगेर विद्यार्थीलाई स्वीटर, टोपी जस्ता न्यानो कपडा र शैक्षिक र खेलकुद सामग्री र विद्यालयलाई ८ वटा प्लास्टिकका कुर्सी सहयोग गरेको हो ।
सहयोग गरेको सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ लामा र प्रधानाध्यापक र शिक्षकको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ मकवानपुरका एरिया चिफ विकेशलाल श्रेष्ठ र क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
