बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्वारा सपथ ग्रहण

तु खबर संवाददाता
२०७८ बैशाख १५, बुधबार १६:२०

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले आज ३ जना मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेस नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरेका हुन् ।

त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा धादिङ्का डा. रामकुमार अधिकारीलाई नियुक्त गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*