बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णयहरु
मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको बैठकले विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै, बैठकले यही वैशाख २१ गते दिनको १ बजे बस्ने गरी बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने गरेको प्रवक्ता श्रेष्ठले बताए ।
यसैगरी बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने र खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम संचालन (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज कार्यविवरण, छाप र साइनबोर्ड स्वीकृत गर्नुको साथै वन क्षेत्र प्रयोग हुने रुख कटान गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।
