पाख्रिनले गरे जन्मदिनको अवसरमा मामाघर नेपाललाई सहयोग
मकवानपुर । लामो समयदेखि सडक बालबालिकाको क्षेत्रमा कार्यरत मामाघर नेपाल नामक संस्थालाई सहयोग प्राप्त भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ घर भई हाल दक्षिण कोरियामा रहेका शिशिर पाख्रिनले उक्त संस्थालाई सहयोग गरेका हुन् ।
पाख्रिनले आफ्नो जन्मदिनको अवसरमा संस्थाको नवनिर्मित भवनको लागि आवश्यक कार्पेट सहयोग गरेका हुन् ।
उनका दाजु बसन्त पाख्रिनले १९ हजार २ सय रुपैयाँ बराबरको कार्पेट एक कार्यक्रमकाबीच मामाघर नेपालका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।
सडक बालबालिकाहरुका लागि आफ्नोतर्फबाट सहयोग गर्न पाउँदा निकै खुशी लागेको पाख्रिनले प्रतिक्रिया दिए ।
