नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सुरु

तु खबर संवाददाता
२०७७ पुष १, बुधबार १६:१२
file-photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सुरु भएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी समितिको बैठक निर्धारीत समयभन्दा ३ घण्टा ढिलो गरी सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बस्न नमानेपछि बैठक निर्धारीत समयभन्दा ढिलो भएको हो ।

तर, सहमतिको पहलस्वरुप पटक पटकको दुई पक्षीय दलफलपछि ओली बैठकमा बस्न राजी भए । यससँगै प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहितको स्थायी समिति बैठक सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*