प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे बस्ने गरी बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । साताको हरेक सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन ।
बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक स्रोतले जनाएको छ ।