हिमालदेखि समुद्रसम्मको जलवायु अनुकूलन कार्ययोजना ल्याउन प्रधानमन्त्रीको आग्रह

तु खबर संवाददाता
२०८१ आश्विन १०,बिहीबार ०६:५५
माउन्ट सिनाई अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रदिपराज वन्त, न्यूयोर्क

न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले अत्याधिक कार्बन उत्सर्जन गर्दा नेपालका हिमालहरु पग्लिएको उल्लेख गर्दै हिमालदेखि समुन्द्रसम्मको सुरक्षाका लागि एकीकृत अनुकूलन कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा उच्चस्तरीय पलेनरी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा सबैको मत साझा हुनुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले यसका सन्दर्भमा आउने चुनौती समाना गर्न हिमाली र टाँपुजन्य मुलुकको छुट्टै बैठक राख्न पनि राष्ट्रसंघलाई आग्रह गरे ।

यसैबीच, प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई पनि सम्बोधन गरेका छन् । ओलीले विकसित मुलुकले पेरिस सम्झौता बमोजिम जलवायु विक्त कोषमा अतिरिक्त बजेट व्यवस्था गर्न माग गरे ।

नेपालमा आयोजना लागिएको सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रहरुलाई अनुरोध गरे ।