प्रतिनिधि सभाको बैठक आज १ बजे बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको जनाइएको छ ।
यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
