स्ववियु निर्वाचन : मतदाता नामावली आज सार्वजनिक हुने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न मतदाता नामावली प्रकाशन हुने भएको हो ।
आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ । स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ ।
