मकवानपुरमा २ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १६:३४
filr-photo

मकवानपुर । मकवानपुरमा शुक्रबार २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा १८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा सो अवधिमा १४ जनाको पीसीआर र ४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुने मनहरी र भीमफेदी गाउँपालिकाका एक/एक जना रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।

यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या १७ हजार ८ सय ३९ जना पुगेको छ । तीमध्ये हालसम्म १७ हजार ८ सय ७ जना संक्रमणमुक्त भएका छन् भने १ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल १७ जना सक्रिय संक्रमित रहेका छन् ।