चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

तु खबर संवाददाता
२०७८ कार्तिक २,मंगलवार १७:४५
file-photo

काठमाडौं । भीनले नेपाललाई थप २० लाख डोज कोरोनाभाइसर संक्रमणविरुद्धको खोप दिने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादमा थप २० लाख डोज खोप दिने घोषणा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको जानकारी गराएको हो ।

चिनियाँ विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् । मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।