कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

तु खबर संवाददाता
२०७८ कार्तिक २,मंगलवार १६:४८

काठमाडौं । सरकारले राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ । हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको जनाइएको छ ।

७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।