आचारसंहिता उल्लंघन गर्दै सांसद् माझी प्रहरीको सवारीमा सरर…

तु खबर संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १६:३७

मकवानपुर । राष्ट्रिय सभाको रिक्त सदस्य पदको उपनिर्वाचनमा नेपाल प्रहरीले आचारसंहिता उल्लंघन गर्दैे मतदातालाई ओसारेको फेला परेको छ ।

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट बागमती प्रदेशसभा सदस्य रिता माझिलाई बा २ झ २४७ नम्वरको सवारी साधनमा ओसारेको फेला परेको हो ।

प्रहरीको सवारी साधनमा सांसद् माझि बिहिबार संघीय राजधानी काठमाडौँबाट मतदानस्थल हेटौँडा–४ भुटनदेवी माविको प्राङ्गणसम्म आएकी हुन् ।

यस विषयमा तु खबरले सांसद् माझिसँग टेलिफोनमार्फत् कुराकानी गर्दा उनले प्रहरीको सवारीमा आएको स्वीकार गरिन् ।

‘म अर्कै एक जना माननीय ज्यूको सवारी साधनमा आउन लागेको थिएँ, ओभर बमिटिङ हुने भएकाले ज्यान भन्दा आचारसंहिता ठूलो हुँदैन भन्ने ठानेर प्रहरीकै सवारीमा आएको हुँ ।’ उनले भनिन् ।

स्रोतका अनुसार उनलाई गृहमन्त्री रामबहादुर थापा बादलकै निर्देशनमा प्रहरीले काठमाडौँबाट आफ्नै सवारीमा हेटौँडा ल्याएको हो । राष्ट्रियसभाको उपनिर्वाचनमा राप्रपाले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री बादललाई सघाउने निर्णय गरेको थियो ।

निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले निर्वाचनको दिन प्रहरीको सवारी साधन प्रयोग गरेर मतदानस्थलमा आउन नमिल्ने प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*