खिमलाल देवकोटाको सपथ आज

तु खबर संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार ११:३६

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचित डा. खिमलाल देवकोटाको सपथ आज हुने भएको छ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट गत जेठ ६ गते देवकोटा नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई पराजीत गर्दै निर्वाचित भएका थिए ।

स्वतन्त्र उम्मेदवार रहेका डा. देवकोटालाई माओवादी केन्द्र, एमालेको माधब झलनाथ पक्ष, र नेपाली काँग्रेसको समर्थन थियो ।

यसअघि बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रहेका देवकोटाले राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*