राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गराए डा. खिमलाललाई सपथ

तु खबर संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १४:२७

काडमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटालाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्य पदको सपथग्रहण गराएका छन् ।

संघीय संसद्मा आयोजित एक कार्यक्रममा डा. देवकोटालाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।

यही जेठ ६ गते भएको राष्ट्रियसभाको उपनिर्वाचतमा रामबहादुर थापालाई हराउँदै देवकोटा सदस्यमा निर्वाचित भएका थिए । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेका थिए ।

माओवादी केन्द्रले थापालाई दल फेरेकोमा कारवाही गरेपछि थापाको राष्ट्रियसभा सदस्य पद गुमेको थियो ।

माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेका माधब नेपालको साथ पाएका देवकोटा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*