संचारमन्त्रीमा बादलकी पत्नी नैनकला
काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।
स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैनकलालाई संचारमन्त्री बनाउन लागेकी हुन् । यसअघि थापा महिला आयोगमा थिइन् ।
स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए । तर अदालतको आदेशका कारण सम्भव नभएको बताएपछि नैनकलाको नाम छलफलमा आएको थियो ।
्त्यस्तै प्रधानमन्त्री ओलीले कृषिमन्त्रीमा ज्वालाकुमारी साहलाई नियुक्त गरेका छन् । साह यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् ।
