नेकपाको सदस्यता नवीकरण मंसिरभित्र गरिसक्ने

तु खबर संवाददाता
२०७७ भाद्र २८, आईतवार १७:५२
file-photo

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने भएको छ ।

आइतबार बसेको संगठन विभागको बैठकले आगामी मंसिरभित्र सदस्यता नविकरण र नयाँ सदस्यबारे सबै काम सक्नेगरी काम गर्ने निर्णय गरेको संगठन विभाग उपप्रमुख जनार्दन शर्माले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको नेकपा स्थायी समिति बैठकले आगामी कात्तिक १५ देखि १७ गतेसम्म चैतमा हुने महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*