ओम बाबाले बर्षौदेखि स्थानीयले प्रयोग गरिरहेको कुलो मासेर सार्वजनिक जग्गा पनि हडपे
मकवानपुर । आफूलाई ओम बाबा भनी प्रचार गराउने ओम प्रकाश श्रेष्ठले हेटौंडा १४ मयुरधापमा रहेको २०१५ साल आसपासदेखि प्रयोगमा रहेको कुलो हडपेर कम्पाउण्डवाल लगाएको रहस्य बाहिर आएको छ ।
सर्वसाधारणले खेतमा सिंचाई गर्नका निम्ति सोही कुलोबाट आउने पानी प्रयोग गर्दै आइरहेका थिए । जतिबेला सत्य ओम बाबा आरोग्य आश्रम निर्माणको काम भइरहेको थियो त्यहि बेला यिनै बाबाले परम्परादेखि चलिआएको कुलो समेत मासेर सार्वजनिक जग्गासमेत मिचेर कम्पाउण्डवाल लगाएका थिए ।
स्थानीय कुलोको निकासका लागि अनुरोध गर्दा सुरुमा ह्युम पाइप हालेर पानीको निकास खोलीदिने बताएका थिए, एक स्थानीयले भने । तर, पछि कुरो सुन्न मानेनन् र जहाँ गएर मुद्धा हाले पनि हुन्छ भन्दै स्थानीयलाई धम्की दिन थाले ।
स्थानीयका अनुसार, २०७०/०७१ मा आश्रमको निर्माण कार्य हुँदाको बेलादेखि कुलो मासिएको हो । उनै बाबाले आश्रम निर्माणका क्रममा ऐलानी जग्गामा समेत कम्पाउण्डवाल लगाएका छन् ।
