प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

‘बाबा’ लाई सुत्न खाट, अन्य थुनुवालाई … ?
२०७५, ३ आश्विन बुधबार ०८:०५

मकवानपुर । हेटौंडा १४ मयुरधापमा रहेको ओम आश्रममा एक महिलाको मृत्यु भएपछि नागरिक दबाबका कारण प्रहरीले पक्राउ गरेको ओम बाबालाई प्रहरीले विशेष व्यवस्थासहित थुनुवा कक्षभन्दा बाहिर राखेको खबर छ ।

अन्य थुनुवासरह व्यवहार गर्नुपर्नेमा ‘बाबा’ लाई विशेष रुपमा छुट्टै राखिएको स्रोतले बताएको छ । स्रोतका अनुसार, उनलाई हिजो पक्राउ गरिएपछि प्रहरीले अन्य थुनुवा भन्दा फरक र विशेष व्यवस्था गरेको प्रहरी स्रोत बताउँछ ।

अन्य मुद्धामा अनुसन्धानका सिलसिलामा पक्राउ परेका अभियुक्त भन्दा फरक व्यवहार भएको छ, स्रोत भन्छ ।

हेटौंडा ११ बस्ने साबित्री पुडासैनीको आश्रमभित्र मृत्यु भएको जाहेरीपछि प्रहरीले बाबालाई पक्राउ गर्न निकै आनाकानी गरेको थियो । तर दबाबको सिर्जना भएपछि प्रहरीले बाध्य भएर उनलाई पक्राउ गरेको थियो । पक्राउपछि बाबालाई विशेष व्यवस्था भएको दावी स्रोतको छ । प्राप्त सूचना अनुसार, प्रहरीले बाबालाई सुत्नको लागि खाटको व्यवस्था गरेको थियो । आश्रमबाटै ओढ्नी ओछ्याउनी मगाएर बाबालाई दिइएको थियो ।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले ‘बाबा’लाई कुनै विशेष व्यवहार नगरिएको दावी गरे । तपाइलाई प्राप्त भएको सूचना गलत हो, उनी कुनै भीआइपी होइनन र उनलाई अन्य थुनुवासरह व्यवहार गरिएको छ, डीएसपी सिंहले भने ।

यो पनि पढ्नुहोस् :

 

– ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*