ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

२०७५, २ आश्विन मंगलवार १६:३०
तस्वीर जी. न्यौपाने

मकवानपुर २ असोज । हेटौंटा ११ निवासी सावित्री पुडासैनीको ओमबाबा आश्रमको लापरवाहीले ज्यान गएता पनि प्रहरीले बाबालाई पक्राउ नगरेको भन्दै अहिले हेटौंडा अस्पताल परिसरमा मृतकका आफन्त र स्थानीयहरुले प्रदर्शन गरीरहका छन् ।

सोमबार हेटौंडाको मयुरधापमा रहेको ओम बाबा आश्रममा झारफुकको लागि पुगेकी पुडासैनी बेहोस हुँदा समेत अस्पताल लान ढिलासुस्ती गरेको कारण उनको मृत्यु भएको उनका आफन्तहरुको भनाई छ । बहोस भएको ४ घण्टा वितिसक्दा समेत उनलाई अस्पताल नलेगेको कारण नै उनको मृत्यु भएको पदर्शनमा संलग्नहरुको भनाई छ ।

सोमबार दिउसो २ : १५ बजे उनलाई हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदा उनी मृत अवस्थामा रहेको अस्पतालले पुष्टी गरेको थियो । अहिले उनको शव पोष्ट मार्टमको लागि हेटौंडा अस्पताल ल्याउँदा समेत उनको पोष्र्ट मार्टम भएको छैन । अस्पताल परिसरमा स्थानीयहरुले प्रदर्शन गरीरहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*