को हुन् प्रहरी हिरासतमा रहेका ओम प्रकाश, उर्फ ओम बाबा

२०७५, ४ आश्विन बिहीबार १४:०४

मकवानपुर  / गुल्मी जिल्लाको साविक अमरअर्वाथोक गाविस वडा नम्बर ६ हालको गुल्मी दरबार गाँउपालिका वडानम्बर ५ मा २०३० सालमा ओमप्रकाश श्रेष्ठको जन्म भएको हो ।

बुवा वेल प्रसाद श्रेष्ठ र आमा बेलकुमारी श्रेष्ठको कोखबाट जन्मिएका ओमप्रकाशले २० वर्ष भन्दा बढी समय झारफुकमा विताई सकेका छन् । सानै उमेरदेखि घरबाटै झारफुक गर्ने काम सुरु गरेका ओमप्रकाशले आफुलाई ओमबाबा भनी प्रचार गराए । आफूमा दिब्य दैवी शक्ति भएको प्रचार गर्दै पाल्पाको रिडीमा यस्तै काम सुरु गरेका श्रेष्ठको यो धन्दा लामो समय टिक्न सकेन । पाल्पा र गुल्मीबाट यो धन्दा छाडेर हिडेका यी बाबा एकाएक हराएका थिए । चर्को शुल्क लिएर बिरामी निको पार्छु भन्दै ठगी गर्नेक्रम चरमत्कोर्षमा पुगेपछि त्यहाँबाट रोग निको नभएका पीडितहरुका कारण त्यो ठाउँ छोड्नु परेको आरोप यिनलाई लाग्ने गरेको छ ।

केहीवर्ष अघि हेटौंडा उपमहानगरपालिका ९ मा आएर बसेका यी बाबाले केही सहयोगीहरुको साथ लिएर यो कामलाई पुनः सुरु गरेका हुन् । उनी अहिले हेटौँडा उपमहनगरपालिका वडानम्बर १४ मा सत्य ओमबाबा आरोग्य आश्रम खोलेर यसतो काम गरिरहेका छन् । उनले झारफुक गरेका केही मानिस आफ्नो रोग निको भएको भन्नेहरु पनि भेटिएका छन् ।

तर निको नभएका र आफुहरुलाई बाबाले ठगी गरे भन्नेहरुको संख्यापनि दिननुदिन बढ्दै गईरहेको छ । यसैक्रममा असोज १ गते हेटौंडा ११ नवलपुरकी सबित्री पुडासैनीको मृत्यु भएपछि अहिले उनी प्रहरी हिरासतमा छन् । यो पटक साबित्रीका श्रीमान् काशीराम पुडासैनीले प्रहरीमा जाहेरी दिएपछि यो घटना बाहिर आएको हो ।

यो पनि हेर्नुहोस् :

 

– यस्तो रहेछ बाबा को आश्रम, जहाँ मृत्यु भयो साबित्री पुडासैनीको

– प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

–  ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

– प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

– पुडासैनी मृत्यु प्रकरण : घटना विवरण लुकाउन सक्रिय छ मकवानपुर प्रहरी

– टिप्पणी : एसपी साहेब तपाइ आफ्नो काम गर्नुहोस्, हाम्रो काम हामी गर्छौ

– ओम बाबाको धन्दा-छानबिनको दायरामा आउनु पर्छ कि पर्दैन ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...