थुनुवा कक्षमा रहेका आरोपी ओमप्रकाशको प्रहरीकै संरक्षणमा यस्तो हर्कत

२०७५, ५ आश्विन शुक्रबार ०८:५८

मकवानपुर । ओमप्रकाश श्रेष्ठ उर्फ ओम बाबा अहिले मकवानपुर प्रहरीको हिरासतमा छन् । हिजो अदालतले अनुसन्धानको लागि ७ दिनको म्याद थपेपछि बाबा भित्रै छन् ।

तर, उनी प्रहरीको हिरासतमा शानसित बसिरहेका छन् । प्रहरी हिरासतमा अन्य अरोपीलाई भन्दा छुट्टै र विशेष व्यवहार भइरहेको छ । सुरुदेखि नै अनुसन्धानमा संलग्न प्रहरी र जिल्ला प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले बाबाले यस्तो कार्य गर्नै नसक्ने भन्दै पीडितको जाहेरीलाई गम्भीर ढंगले लिइरहेका छैनन ।

हिजो बिहान यिनै आरोपी ओम बाबाले जिल्ला प्रहरी मकवानपुरको परिसरभित्र रहेको सत्यसेवा सुरक्षणम् लेखिएको प्रहरीको झण्डा मुनी बसेर नेताले जस्तो हात हल्लाएको तस्बिर उनकै भक्तले फेसबुकमार्फत् सार्वजनिक गरेपछि प्रहरीको रबैया सार्वजनिक भएको हो ।

यस बिषयमा एसपी गुरुङसँग प्रतिक्रिया माग्दा उनले बाबाले कुनै अपराध नगरेको भन्दै प्रतिवाद गरे ।
प्रहरीभित्रैका अधिकृतहरु एसपीको कारण सार्वजनिक रुपमा प्रहरीको बद्नाम भएको भन्दै चिन्तित छन् ।

यो पनि हेर्नुहोस् :

– यस्तो रहेछ बाबा को आश्रम, जहाँ मृत्यु भयो साबित्री पुडासैनीको

– प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

–  ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

– प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

– पुडासैनी मृत्यु प्रकरण : घटना विवरण लुकाउन सक्रिय छ मकवानपुर प्रहरी

– टिप्पणी : एसपी साहेब तपाइ आफ्नो काम गर्नुहोस्, हाम्रो काम हामी गर्छौ

– ओम बाबाको धन्दा-छानबिनको दायरामा आउनु पर्छ कि पर्दैन ?

– को हुन् प्रहरी हिरासतमा रहेका ओम प्रकाश, उर्फ ओम बाबा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*