पुडासैनी मृत्यु प्रकरण : घटना विवरण लुकाउन सक्रिय छ मकवानपुर प्रहरी

२०७५, ३ आश्विन बुधबार १८:३९

मकवानपुर । हेटौंडा १४ मयुरधापमा रहेको ओम आश्रममा हेटौंडा ११ नवलपुरकी साबित्री पुडार्सैनीको मृत्यु भएको प्रकरणमा प्रहरीले अहिलेसम्म आधिकारीक विवरण सार्वजनिक गरेको छैन ।

अन्य घटनाहरुमा अदालतबाट म्याद लिएर तुरुन्तै पत्रकार बोलाएर पत्रकार सम्मेलन गर्न तम्सिने मकवानपुर प्रहरीले यत्ति ठूलो घटनाको विषयमा चू सम्म नबोल्नु शंकास्पद छ । आफैले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्नुपर्ने र आरोपीलाई पनि सार्वजनिक गर्नुपर्ने प्रहरीले यो घटनाको बिषयमा पत्रकारहरुले जानकारी माग्दा समेत बोल्न आवश्यक नभएको भन्दै बोलेको छैन ।

कान्तिपुर टेलिभिजनका पत्रकार बालकृष्ण अधिकारी आज जिल्ला प्रहरी कार्यालय पुगी प्रवक्ता डीएसपी नरेशकुमार सिंहसँग प्रतिक्रिया लिन खोज्दा एसपी बुद्धिराज गुरुङले हस्तपक्ष गरी घटनाको विषयमा नबोल्न निर्देशन दिएपछि डीएसपी सिंहले केही पनि बोलेनन् ।

यस बिषयमा हामीले कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता बालकृष्ण अधिकारीलाई खासमा के भएको हो भनी जिज्ञासा राखेका थियौ । उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ताले अधिकारीक धारणा दिन नमानेको बताए ।

अन्य घटनाहरुमा तुरुन्तै पत्रकार सम्मेलन गरी आरोपी सार्वजनिक गर्ने प्रहरीले यो प्रकरणमा भने मौनता सधेको छ । अझ पत्रकार बुझ्न जाँदा पनि घटनाबारे केही बोलिरहेको छैन ।

पीडितको जाहेरी ढिलो लिने, आरोपीलाई पक्राउ गर्न घण्टौ ढिला गर्ने र घटनाबारे भन्न मिल्ने सम्मको जानकारी पत्रकारलाई नदिनुले मकवानपुर प्रहरीप्रति शंका बढेको हो ।

हामीले यो घटनामा पत्रकार सम्मेलन हुँदैन भनी प्रवक्ता सिंहसँग सोध्दा उनले उपयुक्त समयमा पत्रकार सम्मेलन गरिने जानकारी दिएका छन् ।

यो पनि हेर्नुहोस् :

 

यस्तो रहेछ बाबा को आश्रम, जहाँ मृत्यु भयो साबित्री पुडासैनीको

– प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

–  ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

– प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*