प्रहरीको कार्यशैली शंकास्पद :  मध्यराति जाहेरी लिएर पनि निकै ढिलो गरी पक्राउ परे ‘बाबा’

२०७५, ३ आश्विन बुधबार ०९:२८

मकवानपुर । हेटौंडा १४ मा रहेको ओम बाबाको आश्रममा उपचार गराउन जाँदा बेहोस भई मृत्यु भएकी हेटौंडा ११ बस्ने साबित्री पुडासैनीको परिवारसँग मध्यराति जाहेरी लिएपनि निकै ढिलो गरी हिजो ६ बजे उनलाई पक्राउ गरेको छ ।

जाहेरी दिन साँझ ५ बजेको आसपास पीडित प्रहरी कार्यालय पुगेपनि प्रहरीले मध्य रातिमात्र पीडितसँग जाहेरी लिएको थियो ।

पीडित पक्षले दिएको जाहेरी प्रहरीले लिन मानेको थिएन । तर, पछि प्रहरीलाई दबाब सिर्जना गरेपछि मात्र प्रहरीले मध्य राति पीडितसँग बाबा विरुद्धको जाहेरी लिएको थियो । पीडित पक्षले आश्रममा साबित्रीको मृत्यु भएको भन्दै प्रहरीलाई घटनाको जानकारी गराएको थियो । तर, प्रहरीले घटना थाहा पाएर पनि अनुसन्धानमा आनाकानी गरी पीडितसँग जाहेरी लिनै मानेको थिएन । पीडितहरुका अनुसार, पछि सबैतिरबाट एसपी, डिएसपीलगायतका लाई जाहेरी किन नलिएको भनी फोन आउन थालेपछि प्रहरीले जाहेरी लिएको हो, स्रोतले भन्यो । स्रोतका अनुसार त्यसरी जाहेरी पाउने बित्तिकै अनुसन्धानमा लाग्नुपर्ने र प्रमाणहरुको संरक्षण गर्नुपर्ने प्रहरीले केही नभएकोजस्तो व्यवहार गर्यो ।

अस्ति राति जाहेरी लिएको प्रहरीले हिजो दिनभरि अनुसन्धान कार्यनै अघि बढाएन । हिजो साँझ भने प्रहरीले बाबालाई पक्राउ गरी प्रहरीको कार्यालय भित्र राखेको छ । अभियुक्त सबैलाई समान व्यवहार गर्नुपर्ने प्रहरीले बाबाको हकमा भने भीआइपीलाई झै व्यवहार गरेको पाइएको छ । उनलाई सुत्न छुट्टै खाटको व्यवस्था गरिएको छ ।
आश्रममा उपचार गराउन गएको व्यक्ति सोही आश्रममा बिहोस भनी ढलेको र अस्पताल ल्याउन पनि चरम लापरवाही गरी ढिलो अस्पताल पुर्याएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेपछि र जाहेरीसमेत पाइसकेपछि पनि प्रहरीको सक्रियता देखिएन । किन ?, –

कानूनी व्यवस्था अनुसार, आरोपीले सो घटनासँग सम्बन्धित प्रमाण नष्ट गर्ने अवस्था छ भन्ने लागेमा प्रहरीले आरोपीलाई तुरुन्त पक्राउ गरी हिरासतमा राख्न सक्छ । तर, त्यस्तो अवस्था नभएमा मात्र पछि पक्राउ गर्न सक्ने व्यवस्था छ ।

आश्रममा भएको यो घटनामा प्रमाण नष्ट हुन सक्ने अवस्था हुँदाहुँदै पनि प्रहरीले आरोपी पक्राउ गर्ने तदरुकता नदेखाउनुले घटना संकास्पद बनेको छ ।

 

यो पनि पढ्नुहोस् :

 

प्रहरी हिरासत भित्र अभियुक्त ‘बाबा’ लाई विशेष व्यवहार

– ओम बाबा आश्रमको लापरवाहीले पुडासैनीको ज्यान गएको भन्दै हेटौंडा अस्पताल परिसरमा लफडा

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*