समाचार

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकबाट उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव प्रस्तुत...

उदिम पन्तको ‘प्रारम्भिक संस्कृत व्याकरण’ पुस्तक विमोचन

मकवानपुर । हेटौंडाका उदिम पन्तले लेखेका ‘प्रारम्भिक संस्कृत व्याकरण’ पुस्तक विमोचन गरिएको छ । बुधबार हेटौंडामा एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गरिएको हो । किताबघर वितरक रहेको उक्त व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने जो–कोहीलाई उपयोगी हुने लेखकको दावी रहेको छ । पुस्तकको विमोचन गर्दै वेदमा...

संघीय संसदका नवनियुक्त महासचिव पाण्डेयद्वारा शपथ ग्रहण

काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । महासचिव पाण्डेयले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा...

राष्ट्रिय सभाबाट एउटा प्रतिवेदन सर्वसम्मतिले स्वीकृत

काठमाडौं । बुधबार बसेको राष्ट्रिय सभाबाट एउटा प्रतिवेदन सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकले राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८०...

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७, जितपुर बजारबाट प्रहरीले अवैध नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका–३ बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले पक्राउ...

बाँदर, बँदेल र दुम्सी नियन्त्रण गर्न बेग्लै कानूनको माग

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा परिषद्का सदस्य एवम् गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिले वन्यजन्तु (बाँदर, बँदेल र दुम्सी) नियन्त्रण गर्न बेग्लै संघीय कानूनको माग गरेका छन् । महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरूको तर्फबाट आफ्ना धारणा र माग राख्ने क्रममा ग्रामीण क्षेत्रमा वन्यजन्तु (बाँदर/बँदेल/दुम्सी लगायत) बाट बालीनालीको क्षतिका...

नेपालमा भित्रियो १९ अर्बको औषधि र खोप

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १९ अर्ब रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको गत साउन महिनादेखि पुष महिनासम्ममा १९ अर्ब ९५ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको औषधि र खोप भित्रिएको हो । जसमध्ये ९५...

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही समय लाग्ने

काठमाडौं । कोरियन भाषा (ईपीएस) परीक्षाको मिति तय हुन अझै केहि समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन समय लाग्ने जनाएको हो । उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाबारे यही माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएपनि प्राविधिक कारणले...

व्यवसायी अरुण चौधरी रिहा

काठमाडौं । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी बुधबार रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार चौधरी रिहा गरेको हो । चौधरीसँगै अन्य दुई जनालाई पनि रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा...

पाँच जुवाडे प्रहरीको नियन्त्रणमा

कास्की । पोखरा महानगरपालिका–८ नागढुङगाबाट मंगलबार प्रहरीले पाँच जना जुवाडेलाई नियनत्राण्मा लिएको छ । प्रहरीले सोही महानगरपालिका–१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलसहित पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार, कडेलकै एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाईं नियन्त्रणमा लिएको हा । वडा प्रहरी...