संघीय संसदका नवनियुक्त महासचिव पाण्डेयद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८० माघ २४, बुधबार १७:१५

काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

महासचिव पाण्डेयले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतको सहभागिता रहेको थियो ।