समाचार

आगोमा जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

मकवानपुर । आगोमा जलेर गम्भीर घाइते भएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी–६ तारगाँउकी स्थानीय ४५ की पार्वती रम्तेल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत माघ १९ गते आफ्नै घरमा आगो ताप्ने...

एकै पटक २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको जनाएको छ । उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप...

दुई जना मृत अवस्थामा फेला

काठमाडौं । नेपाल प्रहरीले छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट दुई जना मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीले झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट उनीहरु मृत अवस्थामा फेला परेको जानकारी गराएको हो । प्रहरीका अनुसार, झापाको झापा गाउँपालिका–६ प्रणामी टोलमा कन्काई नगरपालिका–३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर...

नक्कली नोटसहित पाँच जना पक्राउ

बारा । बारा प्रहरीले एक हजार दरको अवैध नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र...

वैदेशिक रोजगारका साढे ३ हजार उजुरी दर्ता

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा वैदेशिक रोजगार सम्बन्धी ३ हजार ४०० भन्दा बढी उजुरी परेका छन् । चालु आर्थिक वर्षको गत साउनदेखि पुस महिनासम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट...

५ अंकले बढ्यो नेप्से, ३ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । आज नेप्से बढेसँगै कारोबार समेत केही बढेको छ...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको हो । नियमित बैठक भएकाले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने जनाइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

जसपाद्वारा महाधिवेशनको कार्यक्रम सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले २०८१ जेठ २८, २९ र ३० गते धनुषामा हुने महाधिवेशनका लागि कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रम अनुसार, महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गतेदेखि २०८१ वैशाख २० गतेसम्म गरिसक्नु...

माओवादीको स्थायी समिति र केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक आह्वान गरिएको पार्टीका सचिव गणेश शाहले जानकारी दिए । आगामी फागुनको पहिलोसाता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको...

युरोप पठाउने भन्दै ६३ लाख ठगेको आरोपमा पक्राउ

काठमाडौं । ‘युरोप पठाउँछु’ भनेर ६३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह...