५ अंकले बढ्यो नेप्से, ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेको छ ।
अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो ।
आज नेप्से बढेसँगै कारोबार समेत केही बढेको छ । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर आज ३ अर्ब २१ करोड २२ लाखमा उक्लिएको छ ।
सबैभन्दा बढी आज पनि हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
