समाचार
साइबर अपराधका १३ हजार ३३० उजुरी
काठमाडौं । चालु आर्थक वर्षको ७ महिनाको अवधिमा साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । चालु आवको गत साउनदेखि माघ २३ गतेसम्म उक्त संख्यामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित...
आज तीन संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ...
मकवानपुरको राक्सिराङमा तीन दिन सार्वजनिक विदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने उक्त ल्होछारको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । पालिकाले बुधबार एक सूचना जारी गर्दै सो पर्वको अवसरमा...
हेटौंडा आँखा अस्पताललाई म्याट्रेस सहयोग
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ थान म्याट्रेस सहयोग गरिएको छ । आँखा अस्पताललाई लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धले बुधबार एक कार्यक्रमबीच उक्त म्याट्रेस सहयोग गरेको हो । क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत अस्पतालमा पुगेर म्याट्रेस वितरण गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजि गौतम...
प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ६ गते बस्ने भएको छ । बुधबार बसेको हिउँदे अधिवेशन बैठकमा सभामुख देवराज घिमिरे प्रतिनिधिसभाको अर्को बैठक उक्त दिन बस्ने जानकारी गराएका हुन् । सभामुख घिमिरेका अनुसार, १२ दिनपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने गरी बुधबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । प्रधानमन्त्रीसँगको...
दुई जना युवकमाथि खुकुरी प्रहार
चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुई जना युवामाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लर चोकमा रहेको लालटिन क्याफेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट सौगातको टाउकोमा र सुजनको दुवै हातमा...
दुर्घटनामा परेर अनुसन्धानका पूर्व अधिकारीको मृत्यु
बारा । दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ । मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका पूर्व अधिकारीलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार बडहर्वा चोकमा ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा...
यस्तो रहनेछ आजको मौसम
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । यस्तै, आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही...
वनदेवी मन्दिर माघ २७ गते उद्घाटन हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ७ नागस्वतीमा नवनिर्मित वनदेवी मन्दिरको उद्घाटन माघ २७ गते हुने भएको छ । केही दिन अघि प्राण प्रतिष्ठा सम्पन्न भइसकेको र आउँदो २७ गते विहान ११ बजे मन्दिरको उद्घाटन गरिने मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मन्दिर उद्घाटनका...
फागुन ११ बाट गोर्खा वारियर प्रदर्शन हुने
मकवानपुर । बेलायती सेनामा आवद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा समेटिएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी निर्माण समूहले आगामी फागुन ११ गते नेपालभर प्रदर्शन हुने जानकारी गराएको छ । युद्धको कथामा बनेको नेपाली चलचित्रमा सन् १९४९ मा...










