मकवानपुरको राक्सिराङमा तीन दिन सार्वजनिक विदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ ।
तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने उक्त ल्होछारको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पालिकाले बुधबार एक सूचना जारी गर्दै सो पर्वको अवसरमा यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो ।
साथै तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने जनाइएको छ ।
