आज तीन संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८० माघ २५, बिहीबार १०:०८
file-photo

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आह्वान गरिएको हो ।

जसअनुसार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बैठकमा संघीय संसद् भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ ।