प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ६ गते बस्ने भएको छ ।
बुधबार बसेको हिउँदे अधिवेशन बैठकमा सभामुख देवराज घिमिरे प्रतिनिधिसभाको अर्को बैठक उक्त दिन बस्ने जानकारी गराएका हुन् ।
सभामुख घिमिरेका अनुसार, १२ दिनपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने गरी बुधबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशन यही माघ २२ मा सुरु भएको थियो ।
