समाचार

६४ किलो गाँजासहित मकवानपुरका प्रजा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजा लागूऔषध गाँजा ६४ किलोसहित मंगलबार राति पक्राउ गरेको हो । प्रजालाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, प्रजाको घर नजिक...

बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा...

बुद्धशान्ति हरित पार्कमा हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

मकवानपुर । मकवापुरको मनहरी–७ मा रहेको बुद्धशान्ति हरित पार्क परिसरमा हुने सोनाम ल्होछार मेला तथा विशेष साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरण पुगेको छ । मंगलबार मनहरी–७ स्थित कार्यक्रम स्थल बुद्ध शान्ति हरित पार्क परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २७ गते हुने २८६० (डुक ल्हो) सोनाम ल्होछार मेला...

वृद्धामाथि धारिलो हतियार प्रहार गर्ने पक्राउ

सुर्खेत । दैलेख प्रहरीले वृद्धामाथि धारिलो हतियार प्रहार गर्ने दुई जना बालकलाई पक्राउ गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योग घटनामा संलग्न कानुनको विवादमा परेका दुई जना बालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनीहरूको परिवर्तित नामथर वर्ष १४ को दैलेख–३९ र वर्ष १५ को दैलेख—३५ राखिएको छ ।...

जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी प्रविना प्रसाइले आफ्नो जन्म दिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । प्रसाईले मंगलबार एक कार्यक्रमबीच जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ७, हर्दास्थित माटोकोरी आधारभूत विद्यालयका ५४ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् । रोट्र्याक्ट क्लब अफ मकवानपुरको...

१६ सय जनाको नि:शुल्क आँखा परीक्षण

मकवानपुर । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाईण्ड हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना भएको निःशुल्क आँखा शिविरमा १ हजार ६ सय १७ जनाले आँखा परीक्षण गराएका छन् । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा गत माघ २० गतेदेखि सुरु भएको निःशुल्क आँखा परीक्षण शिविरमा मंगलबारसम्म...

हेटौंडामा सवारी दुर्घटना, ११ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ सान्नानिटारस्थित पुर्व–पश्चिम सडकखण्डमा मंगलबार सवारी दुर्घटना भएको छ । बिरगंजबाट धनगढी तर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ न.को यात्रु बाहक बसको पट्टा भाचिन गई अनियन्त्रित भई मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्वरको बलेरो पिकअप गाडीसँग ठोक्किएर...

हेटौंडामा घाइते अवस्थामा भेटिएका पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा मंगलबार घाइते अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ भैरवीडाँडास्थित डाङडुङे हुँदै पाथिभरा मन्दिर जाने बाटोमा अचेत अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, टाउको, शरिर र हातखुट्टामा चोट लागेर गम्भीर...

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ...

आज यी प्रदेशमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । साथै तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । यस्तैै, आज दिउँसो पनि लुम्बिनी, सुदूरपश्चिम प्रदेश...