समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले उदयपुर त्रियुगा नगरपालिका– ८ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३२ वर्षीय ईश्वर बिकास श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । प्रहरीका...

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर घर भएका ३५ वर्षीय दिपक राई रहेका छन् । मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...

मकवानपुरमा भिरबाट लडेर पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ७, चाइरङडाँडास्थित टुर्डुङग् बस्ने अन्दाजी ५० वर्षीय आइतराम चेपाङको भिरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चेपाङको कैलाश गाउँपालिका–३, कालिकाटार बजारबाट घर फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी २०० मिटर...

भिमफेदीमा टिपर दुर्घटना, एक जना घाइते

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भैंसे–हेटौंडा सडकखण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ बाघझोरास्थित बा.प्र.०३–००१ क ५४३ नम्वरको खाली टिपर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना हुँदा एक जना घाइते भएका...

आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा बैठक बस्न लागेको हो । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरिएको...

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य पुनः सुरु गरिएको छ । करिब साढे ३ महिनादेखि बन्द रहेको उक्त उद्योगको उत्पादन कार्य सोमबारबाट पुनः सुरु गरिएको सो उद्योगका नायब महाप्रबन्धक नविनकुमार कर्णले जानकारी दिए । सिमेन्ट उत्पादनको लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावका कारण बन्द रहेको उत्पादन कार्य पुनः...

गुल्मीमा सवारी साधनको भाडा घट्यो

गुल्मी । जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटेको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो । सडकहरुको अवस्था सुधार भए पनि भाडा महंगो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत सहमतीमा भाडा समायोजन...

सिन्धुलीमा जातीय विभेद विरुद्ध अन्तरक्रिया

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा जातीय विभेद विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरत खनालको अध्यक्षता तथा दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कुटीको उपस्थितिमा जातीय विभेदविरुद्ध सरोकारवालासँग छलफल भएको हो । अन्तरक्रिया कार्यक्रमममा सिन्धुलीमा जातीय छुवाछुत सम्बन्धि घटनाका बारेमा जानकारी तथा छलफल, थर परिवर्तन...

चितवनमा फागुन १९ गते मिनी म्याराथुन हुने

चितवन । चितवनमा फागुन १९ गते महिला, पुरुप सहभागी रोटरी मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको सो प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुनेछ । म्याराथुनमा ४०० बढी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । रोटरी क्लवले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिनी...

पुरातत्व विभागद्वारा देवघाटमा पञ्चदेवल निर्माण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो । विभागको टोलीे मन्दिर परिसरको पाँच वटा मन्दिर (पञ्चदेवल) को उत्खनन गरेको थियो । पाँच सय वर्षअघि...