मकवानपुरमा भिरबाट लडेर पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ७, चाइरङडाँडास्थित टुर्डुङग् बस्ने अन्दाजी ५० वर्षीय आइतराम चेपाङको भिरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चेपाङको कैलाश गाउँपालिका–३, कालिकाटार बजारबाट घर फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी २०० मिटर तल भिरमा लडेर मृत्यु भएको हो ।
मृतक चेपाङ आइतबार भिरबाट लडेको भएपनि प्रहरीलाई भने सोमबार मात्रै खबर गरेको र इलाका प्रहरी कार्यालय मनहरीको टोली घटनास्थलमा पुगेको थियो ।
शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा लगिएको जनाएको छ ।
