समाचार
मकवानपुरमा अफिम र गाँजा फँडानी
हेटौंडा । मकवानपुरको ग्रामीण क्षेत्रमा लगाइएको अबैध लागूऔषध अफिम तथा गाँजा फँडानी गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिएको छ । प्रहरीले १० दिनको अप्रेसनमा ६२ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम र १६ कठ्ठामा लगाइएको गाँजा फँडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मकवानपुरको कैलाश गाउँपालिका...
माओवादी संसदीय दलको बैठक आज पनि जारी रहने
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि जारी रहने भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने भएको हो । हिजो बसेको बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए...
मकवानपुरमा आन्तरिक राजस्वतर्फ २ अर्ब ९३ करोड असुली
हेटौंडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विभिन्न स्रोतको राजस्ववापत् २ अर्ब, ९३ करोड, १३ लाख, १९ हजार रुपैयाँ राजस्व असुली गरेको छ । सो कार्यालयका अनुसार उक्त अवधिभित्र अन्तः शुल्क १ अर्ब, ६१ करोड, ४८ लाख, २७ हजार रुपैयाँ, आयकर तर्फ ४८ करोड,...
पूर्वमन्त्री बुढाथोकीको निधन
काठमाडौँ । पूर्व सामान्य प्रशासनमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिएका छन् । उनी २०७३ सालमा पुष्पकमल दाहाल...
आजको मौसमः पश्चिमी वायुको प्रभाव रहने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली...
राक्सिराङमा भाइरल ज्वरोको कारण एकै पटक ४१ जना विरामी
हेटौंडा । मकवानपुरमा भाइरल ज्वरोको कारण एकै पटक ४१ जना विरामी भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ टर्लिङ भन्ने गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएको प्रहरी चौकी कान्द्राङले जनाएको छ । प्रहरीको अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विरामीहरुको उपचारको लागि स्वास्थ्य...
झरनाले ९ जनालाई सम्मान गर्ने
हेटौंडा । झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । संस्थाको ३१ औँ वार्षिक उत्सव तथा बकैया कला–साहित्य महोत्सव २०८० को अवसरमा यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानबारे जानकारी गराइएको हो । यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँकी डा. गीता त्रिपाठी...
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुमा सोमबार सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर...
प्रतिनिधिसभामा दुई वटा विधेयक टेबुल
काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएका दुई वटा विधेयक सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा टेबुल भएका छन् । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभामा टेबुल भएको हो । उक्त विधेयक संघीय संसदमा कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सभामा पेस गराएका हुन् । यस्तै,...
आगलागी हुँदा दाजु–बहिनीको मृत्यु
सुर्खेत । मुगुमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर स्थानीय लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । प्रहरीका अनुसार, आज...








