राक्सिराङमा भाइरल ज्वरोको कारण एकै पटक ४१ जना विरामी
हेटौंडा । मकवानपुरमा भाइरल ज्वरोको कारण एकै पटक ४१ जना विरामी भएका छन् ।
जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ टर्लिङ भन्ने गाँउमा भाइरल ज्वरोको कारण ४१ जना बिरामी भएको प्रहरी चौकी कान्द्राङले जनाएको छ ।
प्रहरीको अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विरामीहरुको उपचारको लागि स्वास्थ्य चौकी खैराङबाट औषधिसहितको स्वास्थ्यकर्मीहरुको टोली पठाइएको छ । उक्त गाउँमा २१/२२ घर धुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
