समाचार

रेडियो मकवानपुरद्वारा वक्तृत्वकलाको आयोजना, उप्रेती प्रथम

मकवानपुर । रेडियो मकवानपुरले बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । रेडियोको १४ औं वार्षिकोत्सव एवम् रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं स्थापना दिवसको सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार वक्तृत्वकलाको आयोजना गरिएको हो । प्रतियोगितामा हेटौंडा–६ की शितिष्मा उप्रेती प्रथम,...

संघीय सरकार नछाड्ने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले संघीय सरकार नछाड्ने निर्णय गरेको छ । आइतबार बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । मधेस सरकार छाडेको जनमत पार्टीले संघीय सरकार नछाड्ने निर्णय गरेको हो । संघीय सरकारमा जनमत पार्टीको एक मन्त्री छन् । जसमा अनिता साह रहेकी छन् ।...

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

काठमाडौं । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान घर भएका ४६ वर्षीय चन्द्र बहादुर बुढाथोकी र ३३ वर्षीय टोप बहादुर सेजवाल रहेका छन् । प्रहरीका अनुसार, उनीहरुले खड्गराज गिरी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागी न्युजील्याण्ड पठाउँछु भनेर ११ लाख...

आजको मौसमः वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज छिटपुटदेखि हल्का वर्षाको सम्भाजना रहेको जनाएको छ । महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा...

आज देशभरका फिल्म हल बन्द हुने

काठमाडौं । आज सोमबार देशभरका फिल्म हल बन्द हुने भएको छ । नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो । संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा...

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक आहजान गरिएको हो । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमेत उपस्थित हुने कार्यक्रम छ...

संसदको हिउँदे अधिवेशन आजबाट

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्ने भएको हो । बैठक अपराह्न ४ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । आज पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको...

यस्तो छ संसद् बैठकको सम्भावित कार्यसूची

काठमाडौं । सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरिएको छ । संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको...

जसपा अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउँदै

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आगामी बुधबार हेटौंडामा आउने भएका छन् । हेटौंडामा नगस्तरीय समिति घोषणा कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव आउन लागेको जसपा मकवानपुरले जनाएको छ । जसका अनुसारका अनुसार, हेटौंडामा पहिलो पटक समिति घोषणा हुन लागेको हो । यसअघि नगर संयोजकमात्र...

अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, सुर्खेत र कपिलवस्तु जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्रामसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कन्चनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय...