जसपा अध्यक्ष उपेन्द्र यादव हेटौंडा आउँदै

तु खबर संवाददाता
२०८० माघ २१, आईतवार १७:२०
file-photo

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव आगामी बुधबार हेटौंडामा आउने भएका छन् ।

हेटौंडामा नगस्तरीय समिति घोषणा कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव आउन लागेको जसपा मकवानपुरले जनाएको छ ।

जसका अनुसारका अनुसार, हेटौंडामा पहिलो पटक समिति घोषणा हुन लागेको हो । यसअघि नगर संयोजकमात्र तोकेर काम गर्दै आइरहेको थियो ।

कार्यक्रम बुधबार बिहान ११ बजे वन विज्ञान अध्ययन संस्थानबाट र्यालीसहित बुद्धचोकमा औपचारिक कार्यक्रम सुरु गर्ने जनाइएको छ ।