यस्तो छ संसद् बैठकको सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०८० माघ २१, आईतवार १७:५१
file-photo

काठमाडौं । सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरिएको छ । संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेका छन् ।

यसैगरी, विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्नेलगायतका कार्यक्रम रहेको छ ।