१६ सय जनाको नि:शुल्क आँखा परीक्षण
मकवानपुर । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाईण्ड हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना भएको निःशुल्क आँखा शिविरमा १ हजार ६ सय १७ जनाले आँखा परीक्षण गराएका छन् ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा गत माघ २० गतेदेखि सुरु भएको निःशुल्क आँखा परीक्षण शिविरमा मंगलबारसम्म उक्त संख्याले आँखा परीक्षण गराएका हुन् ।
लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ अन्तरगत क्रियाशिल सम्पूर्ण लायन्स क्लब तथा लियो क्लबहरुको सहकार्यमा विभिन्न स्थानमा भएको आँखा शिविरमा २ सय ५० जना मोतियाबिन्दुका बिरामीहरु पहिचान भएका छन् ।
पहिचान भएका सबै मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा आज माघ २४ देखि भोलि २५ गतेसम्म शल्यक्रिया गरिने लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताए ।
मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया, आवास, खाना, यातायात लगायत कुनैपनि खर्च नलाग्ने एरिया चिप यादबले बताए ।
लायन्स क्लवको बार्षिक भिजन कार्यक्रम अन्तरगत आँखा परीक्षण सिबिर सञ्चालन गरिएको मूख्य कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए ।
मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बारा जिल्लाको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिविर संचालन सञ्चालन गरिएको थियो ।
