समाचार

मकवानपुरमा एक महिला मृत फेला

मकवानपुर । मकवानपुरमा आज दिउँसो एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ भैंसे बस्ने बिमला पहरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, ४२ वर्षीया बिमला दिउँसो २ बजेको...

हेटौंडा अस्पतालमा १४२ जना किशोरी आमा बने

मकवानपुर । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा १४२ जना किशोरी आमा बनेका छन् । चालु आवको गत साउन महिनादेखि पुष महिनासम्म सो संख्यामा किशोरीहरु आमा बनेको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसनुसार साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२, मंसिरमा २३ जना र...

हेटौंडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित दुई दिने खेलकुद पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । जिल्ला फुटबल संघ मकवानपुरको सहयोग तथा खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा बिहीबारबाट सुरु भएको तालिम सम्पन्न भएको हो । उक्त तालिमको एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले...

हेटौंडा उपमहानगरमा शैक्षिक क्षेत्रमा पहिलो पटक दरबन्दी समस्या हल

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले पहिलो पटक वैज्ञानिक हिसाबले शैक्षिक क्षेत्रमा दरबन्दी मिलान गरेको छ । लामो समयसम्म व्यवस्थित हुन नसकेको दरबन्दी मिलान गर्दै नगरपालिकाले व्यवस्थित पठनपाठनका लागि दरबन्दी मिलान गरेपछि सबैले स्वागत गरेका छन् । उपमहानगरभित्रका ३२ विद्यालयका प्राथमिक तहको दरबन्दी कट्टा गरी कम भएका १५ विद्यालयमा थपिएपछि...

प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

काठमाडौं । प्रहरीको भ्यानबाट लडेर गएराति प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खसेका थिए...

सरकारी छाप तथा कागजपत्र कीर्ते गर्ने पक्राउ

नवलपरासी । नवलपरासी पूर्वबाट प्रहरीले विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा बिहीबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विनयी त्रिबेणी गाउँपालिका– ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका–६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियार पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय...

‘केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ’

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनभित्रै प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् । गृहमन्त्री श्रेष्ठले शुक्रवार अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै सो कुरा बताएका हुन् । नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषद्बाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले...

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार...

कोशीका नयाँ मन्त्रीले आज शपथ ग्रहण गर्दै

विराटनगर । कोशी प्रदेश सरकारका पाँच जना नयाँ मन्त्रीले आज शपथ ग्रहण गर्ने भएका छन् । उनीहरुले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शपथ लिने मन्त्रीहरुमा क्रमशः प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा, राजेन्द्र कुमार कार्की...

आगोले जलेर ६५ वर्षीय वृद्धको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–११, बुलुपार्कमा आगोले जलेर गएराति एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय कान्छा महर्जन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको हो । आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ...