आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ ।
आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । भाउँ बढेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
